fbpx

संसद भवन अगाडि महासंघले प्रदर्शन गर्ने

काठमाडौं,
नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकविरुद्ध संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ ।

शुक्रवार संसदमा दर्ता काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्न खोजेको बताउँदै महासंघले काठमाडौंमा संसद भवन बाहिर र जिल्लाको सदरमुकाममा सञ्चारका साधनसहित आन्दोलन गर्ने भएको हो ।

सञ्चार सम्बद्ध संघ संगठनहरुसँगको छलफलपछि तय भएको पहिलो चरणको कार्यक्रमअन्तर्गत जेठ ३ गते शुक्रबार काठमाडौंमा संसद भवनबाहिर र अन्य जिल्लाहरुमा सदरमुकाममा प्रदर्शन गर्न पत्रकार महासंघका महासचिव रमेश विष्टले आह्वान गरेका छन् ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानून संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति आएको बताइएको छ ।

प्रतिक्रिया

Loading...