fbpx

दिनमा कति पटकसम्म कफी पिउनु फाइदा ?

कफी एक पेय पदार्थ हो । विश्वमा कफीलाई चिया पछिको दोस्रो प्रख्यात पेय पदार्थको रुपमा लिइन्छ । कफीमा स्फूर्ति ल्याउने क्याफिन हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छिपन र निद्रा हटाउँछ । ठिक्क मात्रामा कफी सेवन गर्नुको फाइदा बेफाइदाभन्दा धेरै छन् ।

तर, हामीले एक दिनमा चार कपभन्दा बढी कफी पिउनु हुँदैन । बढी कफी पिउँदा हामीलाई निद्रा लाग्दैन जसकारण हामीमा मानसिक तथा शारीरिक समस्या बढ्न सक्छ । यसले मानिसमा डर पैदा गराएर मुटुको धड्कन रोक्ने सम्भावना बढाइदिन्छ ।

हामीले पिउने कफीमा कस्तो र कति क्याफिनको मात्रा हुन्छ भन्ने हामीलाई थाहा हुँदैन, जसले गर्दा हामी थाहा नपाई आवश्यकताभन्दा धेरै क्याफिन खाइरहेका हुन सक्छौँ । हामीले कफी धेरै पिउँदा हाम्रो स्वास्थ्यका लागि खतरा हुने देखाएको छ ।

विभिन्न अध्ययनअनुसार गर्भवती महिलाले दिनको २०० मिलिग्राम भन्दा बढी क्याफीन पिउन नहुने बताएको छ । गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु आफू र आफ्नो बच्चाको लागि राम्रो हुँदैन ।

बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुनुका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्ने पाइएको छ । त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्नु पर्छ ।

Koshi Online

FREE
VIEW