fbpx

यी पाँच खेलाडी, जसलाई बार्सिलोनाले बिदा गर्दैछ

एजेन्सी,
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि बार्सिलोनामा ‘भाँडभैलो’ मच्चिएको छ । इंग्लिस क्लब लिभरपुलसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि उसले ठूलो संख्यामा आफ्ना खेलाडीहरू बेच्ने तयारी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय मिडिया ‘द शन’का अनुसार बार्सिलोनाले समर ट्रान्सफरका लागि पाँच खेलाडी बेच्ने तयारी गरेको छ । बार्सिलोनाले इभान राकिटिक, फिलिप्पे काउटिन्होसहित अन्य पाँच खेलाडीलाई बिदा गर्ने बताइएको छ ।

उसले यसै सिजन बार्सिलोनामा अनुबन्ध भएका माल्कोमलाई पनि बिदा गर्नेछ भने स्यामुल उमटिटि, र नेल्सन सिमिडोलाई पनि बेच्ने भएको छ । उसले यी पाँच खेलाडीलाई बेचेर नयाँ खेलाडीलाई भित्र्याउने छ ।

उसले लिभरपुलबाट १ सय ४२ मिलियन पाउन्डमा बार्सिलोना आएका काउटिन्होलाई १०० मिलियन पाउन्ड घटीमा नबेच्ने जनाएको छ । यस्तै उसले बोर्डिअक्सबाट ३५ मिलियन पाउन्डमा बार्सिलोनामा अनुबन्ध भएका माल्कोमलाई ४५ मिलियन पाउन्ड घटीमा नबेच्ने बताएको छ ।

च्याम्पियन्स लिगबाट बाहिरिएसँगै अहिले बार्सिलोनामा ‘खैलाबैला’ नै मच्चिएको छ । बार्सिलोनाका प्रमुख प्रशिक्षक अर्नेष्टो भाल्भेर्डेको विषयलाई लिएर पनि विवाद भइरहेको छ । बार्सिलोनामा अहिले प्रशिक्षक भाल्भर्डे र जेनेरल म्यानेजर पेप सेगुराबीच ठूलो द्वन्द्व चलिरहेको छ । यसकारण, प्रशिक्षक भाल्भर्डेको पनि भविष्य संकटमा छ ।

Koshi Online

FREE
VIEW