fbpx

स्तन क्यान्सरको सम्भावनालाई कम गर्ने गुणकारी ओखर

ओखर एक वनस्पति हो । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल पाइन्छ । ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ ।

ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाई हाम्रो स्मरण शक्तिको वृद्धि गर्नमा मद्दत गर्छ । यसमा पाइने विभिन्न पोषक तत्वले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिन्छ ।

साथै छालालाई सुन्दर र स्वस्थ राखेर बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा दिलाउँछ । ओखर खानाले मधुमेह, मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुन्छ । ओखर सेवनले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम गराएर रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब हुन दिँदैन ।

ओखर खानाले पाचन प्रक्रिया राम्रो हुन्छ र कब्जियत तथा पेटसम्बन्धि हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ । ओखर खाइरहने गरे निद्रा नलाग्ने समस्या पर भाग्छ । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने र यसको तेलले मालिस गर्दा घुँडा दुखेको निको हुन्छ ।

ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हाम्रो हड्डीलाई बलियो बनाउने गर्दछ । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । ओखर सेवनले पुरुषको शुक्रकिट बढाउनमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ ।

Koshi Online

FREE
VIEW