fbpx

सीपीएल लिगको प्लेयर ड्राफ्टमा सन्दीपसहित चार नेपाली खेलाडी

विराटनगर,
क्यारेबियन प्रिमियर लिग क्रिकेटको प्लेयर ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन् । वेष्ट इण्डिजको क्रिकेट लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेसहित चार खेलाडी अटाएका हुन् ।

सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् । सन्दीपले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्नेछन् । ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गर्ने छन् । जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् ।

Koshi Online

FREE
VIEW