fbpx

श्रीमान् र श्रीमतीको भूमिका निभाउँदै रणवीर र दीपिका

विराटनगर,
बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण फेरि पनि एकसाथ चलचित्रमा देखिने भएका छन् । फिल्म ‘८३’ मा रणवीर सिंहलाई पहिला नै अनुबन्धित गरिसकेको थियो अब भने दीपिकालाई रणवीरको यस फिल्ममा फाइनल गरिएको छ ।

रियल लाइफका जोडी यस फिल्ममा पनि दुईले श्रीमान्–श्रीमतीको भूमिका निभाउने भएका छन् । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएकी छन् ।

रोमी भाटियाको भूमिका निभाएकी दिपिकाको फिल्ममा गेस्ट अपियरेन्स हुनेछ । रणवीर र दिपिकाले यस अघी ‘गोलियो की रासलीलाः रामलीला’, ‘पद्मावत’ र ‘बाजीराव मस्तानी’ मा एकसाथ काम गरिसकेका छन् । ‘रामलीला’ बाट उनीहरुको प्रेम सुरु भएपछि गत वर्ष दुईले लगन गाँठो कसेका हुन् ।

Koshi Online

FREE
VIEW