fbpx

तीनकुने मैदानको फोटो सार्वजनिक गर्दै सन्दीपले भने, ‘बाल्यकालको याद आयो’

काठमाडौं,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने केही दिनयता फुर्सदमा छन् । इन्डियन प्रिमियल लिग क्रिकेट (आईपीएल) खेलेर स्वदेश फर्किएर फुर्सदिला बनेका लामिछाने बिहीबार बिहान तीनकुनेको खाली चौरमा क्रिकेट खेल्न पुगेका थिए ।

सामाजिक सञ्जालमा क्रिकेट खेलेको फोटो राख्दै उनले बाल्यकालका साथीहरुको याद आएको स्मरण गरेका छन् । उनले बाल्यकालमा टेनिस बलको क्रिकेट खेलेको पनि स्मरण गरेका छन् । आईपीएलमा सेमिफाइलबाट सन्दीप सहभागी टोली दिल्ली क्यापिटल्स पराजित भएपछि उनी शनिवार स्वदेश फर्किएका थिए ।

बिहीबार आफ्नो कामका लागि हिँडेका बेला तीनकुनेमा क्रिकेट खेलिरहेका खेलप्रेमीसँगको सामूहिक तस्बीर राख्दै उनले साथीसँग टेनिस बलको क्रिकेट खेलेको याद आएको स्मरण गरेका छन् । तीनकुनेमा खेल्न पुगेका उनले धेरै रमाइलो भएको पनि स्मरण गरे ।

क्रिकेट खेलिरहेका युवाहरुलाई उनले एक विकेट र केही रनको योगदान गरेको पनि उल्लेख गरेका छन् । पछिल्लो समय सर्वाधिक चर्चामा रहेका लामिछानेले भारतबाट फर्किएपछि विएमडब्लु बाइक किनेका थिए ।

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरे । बिएमडब्लु कम्पनीको ३१० आर मोडलको बाइकको नेपाली मुल्य ९ लाख ७५ हजार हाराहारी पर्छ ।

प्रतिक्रिया

Loading...