fbpx

तीते करेला दादका लागि अचूक औषधि, यसका अन्य गुणहरू यस्ता छन्

तीते करेला, कसैलाई मीठो लाग्छ भने कतिपयलाई एकदमै नमिठो लाग्छ । कति मानिसले यसको स्वाद तितो भएका कारण तीते करेला मन पराउँदैनन् । तर, कतिपयले भने तीतै भएपनि यसलाई औधी मन पराउँछन् ।

तपाईंलाई थाहा नहुन सक्छ कि, तीते करेला किन तीतो हुन्छ भनेर । करेलामा रहेको मोमोर्डीकिन नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ । र, तीतो भएकै कारण नै यसलाई तीते करेला भनिएको हो ।

तर, यो तीतो नै भएपनि यसले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग गर्छ भने करेलाले पाचनशक्ति बलियो बनाउँछ भने भोक जगाउने गर्छ ।
तीतेकरेला दैनिक खाने गरेमा कब्जियत, अरूचि हटाउने एवं पाचन र मल निष्कासनलाई नियमित गर्दछ । यस्तै यसले दाद तथा खुजुली निस्किएमा पनि औषधिको रुपमा काम गर्छ । तीते करेलाको रस दाद निस्किएको ठाउँमा लगाउने गर्नुहोस् । केही दिनसम्म यसो गर्नाले दाद निको हुन्छ ।

यस्ते करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक मानिन्छ । दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु एकदमै उपयुक्त हुन्छ । पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

यस्तै मधुमेहका रोगीले तीते करेलाको हरियो पातलाई टिपेर सलाद जस्तै बनाइ सेवन गरेमा मधुमेह नियन्त्रणमा सहयोग पुग्छ । कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीते करेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गरेको देखिन्छ ।

यस्तै बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तत्कालै लाभ मिल्छ । करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ । कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी निकै नै उपयोगी हुन्छ ।

Koshi Online

FREE
VIEW