fbpx

मलाई खुशी लाग्छ जब स्पेनका फ्यानले मलाई मड्रिड फर्क भन्छन् : रोनाल्डो

एजेन्सी,
बिगत एक दशकयता फुटबल जगतमा राज गरिरहेका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनका समर्थकले मड्रिड फर्कभन्दा आफूलाई खुशी लाग्ने उनले बताएका छन् । उनले स्पेनिस न्यूजपेपर एल पाइससँगको कुराकानीमा यस्तो बताएका हुन् ।

यसै सिजन स्पेनको क्लब रियल मड्रिडबाट युभेन्टस आएका ३४ वर्षे रोनाल्डोले तीन फरक देशबाट लिग उपाधि उचालेका छन् । यस्तै उनले युभेन्टसलाई सुपरकोपा इटालियाको उपाधि समेत दिलाइसकेका छन् । उनले युभेन्टसबाट पहिलो सिजनमा २१ खेलमा २८ गोल गरेका छन् ।

हालसम्म ५ पटक बालोन डी’ओर र च्याम्पियन्स लिगको उपाधि उचालेका उनले इटालियन क्लब युभेन्टस आइकन सिरि ‘ए’को पनि उपाधि समेत उचालेका छन् । उनै रोनाल्डोले आफूलाई स्पेनिस फ्यानले पुनः स्पेनिस क्लब रियल मड्रिड फर्कभन्दा धेरै मन पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘म युभेन्टसमै खुशी छु । तर, मेरा समर्थकले पुनः स्पेन नै फर्क भन्दा राम्रो लाग्छ । मलाई थाहा छ, मलाई मानिसहरूले माया गर्छन्, यसैले मलाई गौरव महसुस हुन्छ ।’ मैले पनि त्यहाँ (रियलमा) छँदा क्लबलाई धेरै कुरा दिएको छु । र, क्लबले पनि मलाई उत्तिकै कुरा दिएको छ ।’

उनले थपे, ‘जब म भ्रमणको सिलसिलामा स्पेन पुग्छु । मलाई मेरा समर्थकले मड्रिड फेरि फर्कन सुझाव दिन्छन् । यस्तो माया पाउँदा मलाई निकै खुशी लाग्छ । जब म स्पेनका मानिसहरूसँग बोल्छु, उनीहरूले मलाई यो तिम्रो घर हो र रियल मड्रिडमै फर्क भन्छन्, त्यतिबेला मलाई निकै राम्रो लाग्छ ।’

प्रतिक्रिया

Loading...