fbpx

शाहिद कपूरको फिल्म ‘कविर सिंह’ को ट्रेलर सार्वजनिक (भिडियो)

विराटनगर,
बलिउड फिल्म ‘कविर सिंह’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मको ट्रेलरलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा यस फिल्मका मुख्य अभिनेता शाहिद कपुरलाई रफ टफ र रिसाहा भूमिकामा देख्न सकिन्छ ।

आफ्नो प्रेमिकाको विवाह अरु कुनै व्यक्तिसँग हुँदाको पीडालाई देखाइएको यस फिल्ममा शाहिद कपूर र कियारा अद्वानी मुख्य भुमिकामा रहेका छन् । ‘तेलुगू’ फिल्म अर्जुन रेड्डी को अफिसियल रिमेकमा बनेको यस फिल्मलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेका हुन् ।

फिल्ममा शाहिदले सर्जन कविर सिंहको भूमिकामा अभिनय गरेका छन् । फिल्मको प्रोडक्शन भने भूषण कुमारले गरेका हुन् । उक्त फिल्म यहि जुन २१बाट देशभर प्रदर्शनमा आउने भएको छ । सामाजिक संजालमा यस फिल्मको ट्रेलर रिलिज भएपछि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको यस फिल्मका निर्माण पक्षले जनाएका छन् ।

प्रतिक्रिया

Loading...