fbpx

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाल पाँचौ

विराटनगर,
अष्ट्रेलियामा जारी १८औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा नेपाल पाँचौं भएको छ । अष्ट्रेलियाको क्विन्सल्यान्ड बिहीबार भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले पाँचौ स्थान हासिल गरेको हो ।

क्वीन्सल्यान्डस्थित टाली नदीमा भएको उक्त स्पर्धामा दूरी २४७.७८ सेकेन्डमा पूरा गर्दै नेपालले पाँचौ स्थान हासिल गरेको हो । उक्त प्रतिस्पर्धामा ब्राजिल पहिलो भएको छ भने जापान दोस्रो हुँदा भएको छ। यस्तै रसियाले तेस्रो हुँदा न्यूजिल्यान्ड चौथो बन्यो ।

नेपाल ८२ अंकसहित पाँचौ भएको हो । विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा हो । नेपाल भन्दा पछि आयोजक अस्ट्रेलिया भयो ।

अब नेपालले ३५० मिटरको हेड टु हेडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएको नेपालले शनिबार स्लालम र आइतबार डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।

Koshi Online

FREE
VIEW