fbpx

पाँचथरमा आगलागीबाट ९ लाखभन्दा बढीको क्षति

पाँचथर,
पाँचथरमा आगलागीबाट ९ लाखभन्दा बढीको क्षति भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ हात्तीखेम्बा बस्ने मनबहादुर मगरको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ९ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको हो ।

बुधबार बेलुका साँढे ७ बजे मगरको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी हुँदा घरसहित खाद्यान्न, भाडावर्तन, लत्ताकपडा, नगद १ लाख, आधा तोला सुनलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी प्राङबुङबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा राति ८ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Loading...