fbpx

च्याम्पियन्स लिगमा ‘तहल्का पिटेको’ आयाक्ले ५ वर्षपछि जित्यो लिग उपाधि

विराटनगर,
युरोपियन च्याम्पियन्स लिगमा ‘तहल्का पिटेको’ क्लब आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई हराउँदै आयाक्ले सन् २०१४ पछाडि पहिलो पटक लिग उपाधि उचालेको हो ।

नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन बन्ने क्रममा आयाक्सले डी ग्राफ्सचापलाई ४–१ ले पराजित गर्यो । आयाक्सलाई ३४औँ लिग उपाधि जित्न एक अंकनै आवश्यक थियो । आयक्सलाई उपाधि दिलाउन डुसान टाडिकले दुई तथा लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान १–१ गोल गरे । पराजित टोलीका युसेफले एक गोल फर्काए ।

प्रतिक्रिया

Loading...