fbpx

ट्रयाक्टरको डालामा च्यापिएर चालकको मृत्यु

विराटनगर,
ट्रयाक्टरको डालामा च्यापिएर ट्रयाक्टर चालककै मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–७ स्थित एसटिएल उद्योगका लागि बुधबार बिहान सोही भट्टाको को२त ५१४ नं. को ट्रयाक्टरमा बालुवा लिएर उकालोमा जाँदा चालकको डालामा च्यापिएर मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार उकालोमा ट्रयाक्टरले लोड तान्न नसकि ब्याक भई अगाडिको इन्जिन उचालिएर ब्याक हुँदा ट्रयाक्टर चालक भोजपुर हतुवागढी–९ स्थायी घर भइ हाल मोरङको हसनपुर बस्ने २५ वर्षीय भरत राई घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पतालमा बुधबार नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Loading...