fbpx

पर्समा नेपाली लाइसेन्स र भारतीय आधार कार्ड बोक्ने बिमलेस पक्राउ

विराटनगर,
भारतीय र नेपाली परिचय पत्र बोकेर हिँड्ने एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ३ खार्जी चोकमा चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका– ९ मा बस्दै आएका ३६ वर्षीय बिमलेस साहलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने बसेको प्रहरीले उनले बोकेको पर्समा नेपाली सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला पारेको थियो । सुरक्षा चेकजाँचका क्रममा ०२–५०४१९९ नम्बरको नेपाली सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधारकार्ड समेत फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका साहलाई किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम आनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेको छ ।

Koshi Online

FREE
VIEW