fbpx

फोन छिटो चार्ज गर्ने तरिका

अहिले मानिसको दैनिक जीवनसँग सबैभन्दा आवश्यक वस्तु बनेको छ, मोबाइल । मोबाइलबिना हामी एकछिन पनि बस्न नसक्ने भएका छौँ । मोबाइलको ब्याट्री सकिँदा चार्ज गर्न केही समय कुर्न पर्छ । एकै पटकमा ब्याट्री चार्ज गर्न नसकिए पनि यसलाई केही समय छिटो भने गर्न सकिन्छ ।

सबै मोबाइलको चार्जर एकै प्रकारका हुँदैनन् । हामीले हाम्रो फोनको ओरिजनल चार्जर प्रयोग गरेर चार्ज गर्नु पर्छ । यसो गर्दा मोबाइलको चार्ज धेरै टिक्नुका साथै हाम्रो फोन सुरक्षित पनि हुन्छ । अर्को फोनको चार्जर प्रयोग गर्दा यसले राम्रोसँग मोबाइल चार्ज नहुन पनि सक्छ ।

हामीले हाम्रो फोनलाई धेरै तापक्रममा राख्नु हुँदैन । यसो गर्दा ब्याट्रीको चार्ज पनि छिट्टै सकिन्छ र हाम्रो फोनको लागि हानिकारक हुन्छ । हामीले हाम्रो फोनलाई युएसबी पोर्टबाट भन्दा पनि विजुलीबाट चार्ज गर्नु पर्छ । युएसबी पोर्टको तुलना अनुसार फोनलाई बिजुलीबाट चार्ज गर्दा छिटो हुन्छ ।

मोबाइललाई फ्लाइट मोड अथवा अफ गरेर चार्जमा राख्दा मोबाइल छिटो चार्ज हुन्छ । फोन अफ गर्दा वा फ्लाइट मोडमा राख्दा त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस तथा अनेकौँ एपहरु बन्द हुने भएको कारणले हाम्रो फोन छिट्टो चार्ज हुने गर्छ ।

Loading...