fbpx

रणबीर कपूर र दीपिका पादुकोणको जोडी पुनः एकपटक पर्दामा

विराटनगर,
बलिउडका चर्चित अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोणको जोडीलाई पुनः एक पटक चलचित्रको पर्दामा उतार्ने चर्चा चलिरहेको छ । भारतीय मिडियाका अनुसार निर्देशक अनुराग बासुले फेरी एकपटक यस हिट जोडीलाई एक साथ ल्याउने तयारी गरिरहेको बताएका छन् ।

पछिल्लो समय उनीहरु फिल्म ‘तमासा’मा सँगै काम गरेका थिए । त्यसअघि यी दुईले ‘बच्ना ए हसिनो’ फिल्म एक साथ गरेका थिए । यता, रणबीरसँग भने निर्देशक अनुराग बासुले ‘बर्फी’ र ’जग्गा जासुस’मा सँगै काम गरिसकेका छन् ।

तर, अभिनेत्री दीपिकाको निर्देशक अनुराग बासुसँग को यो पहिलो चलचित्र हुनेछ । रणबीर र दीपिकाको अफेयर र ब्रेकअपको चर्चा अझै पनि चलिरहेको नै छ । रणवीर र दीपिकालाई यस चलचित्रको स्क्रीप्ट दिइएको छ ।

अब उनीहरु एक साथ काम गर्नका लागि उनीहरुले स्क्रीप्ट पढेर यो फिल्म साईन गर्ने नगर्ने निर्णयमा भर पर्ने छ । अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् भने रणबीर कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् । उनीहरुले पनि चाँडै विवाह गर्ने निर्णय लिएको कुरा चर्चा मा रहेको छ ।

Loading...