fbpx

क्रोएशियालाई विश्वकपको फाइनल पुर्‍याएका स्टिमेक भारतीय प्रशिक्षकमा नियुक्त

एजेन्सी,
क्रोएशियालाई रसियामा सम्पन्न विश्वकपको फाइनल पुर्याएका इगोर स्टिमेक भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रोएसियाका पूर्वखेलाडीसमेत रहेका इगोरलाई भारतीय फुटबल फेडेरेसनले भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

क्रोएसियाको सिनियर टोलीलाई समेत प्रशिक्षण गराइसकेका उनलाई भारतीय फुटबल फेडरेसनले दुई वर्षका लागि अनुबन्धन गरेको हो । विश्वकपमा क्रोएसिया उपविजेता हुँदा प्रशिक्षक इगोर पछिल्लो पटक कामविहीन बनेका थिए । उनले विश्वकपपछि प्रशिक्षकको पदबाट राजीनामा दिएका थिए ।

यता, भारत एसिया कपबाट बाहिरिएसँगै तत्कालिन प्रशिक्षक स्टेफन कोन्सेन्टाइनले पदबाट राजिनामा दिएपछि भारत प्रशिक्षक विहीन रहेको थियो । यस्तैमा भारतीय फुटबल फेडेरेसनले उनलाई प्रशिक्षकमा अनुबन्ध गरेको हो ।

५१ वर्षे स्टिमेकले क्रोएसियालाई २०१४ को विश्वकपमा छनोट गराएका थिए भने २०१८ को विश्वकपमा फाइनलमा र्पुयाएका थिए । त्यसअघि सन् २०१२ जुलाईमा क्रोएसियाको मुख्य प्रशिक्षक बनेका उनले सन् २०१३ अक्टोवरमा पदबाट राजीनामा दिनुअघि १५ महिना क्रोएसियाको सिनियर टिम सम्हालेका थिए ।

उनी पछिल्लो १८ वर्षदेखि प्रशिक्षकको भूमिकामा रहेका छन् । २००४ देखि प्रशिक्षण शुरु गरेका स्टिमेकले क्रोएसियाको सिनियर लिग फुटबलमा ह्याडजक स्लिटलाई लिग च्याम्पियन बनाएका थिए । त्यसपछि उनी लामो समय एसियान इरान र कतारको शाहानियाको प्रशिक्षक बनेका थिए ।

Koshi Online

FREE
VIEW