fbpx

सास गन्हाउने समस्या र यसको समाधान

सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । सास गन्हाउने अवस्था आफैंमा रोग नभई शरीर तथा मुखमा भएको रोगको लक्षण वा औषधि प्रयोगको असर पनि हुन सक्छ । हामीले बालबालिकादेखि नै मुख राम्ररी कुल्ला गर्ने, दिनहु दुई पटक दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।

कसैकसैलाई त दिनँहु दाँत माझ्ने गरेतापनि स्वास गन्हाउन नछाड्ने समस्याले समेत पिरोल्ने गरेको देखिएको पाइन्छ । शरीरभित्र भएका रोगहरुका कारण, मुखको स्वास्थ्य स्थिति कमजोर भएमा अथवा नाक र घाँटीसँग सम्बन्धित रोगका कारण पनि सास गन्हाउँछ ।

फोक्सोको रोग, पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, कलेजोको रोगहरू, मिर्गौलासम्बन्धी रोगहरू, मधुमेह रोग, वा केही औषधिहरूको प्रयोगका कारण पनि हाम्रो सास गन्हाउने गर्छ । मुख गनाउने प्रमुख दुई कारणमध्ये पहिलो हो मुख तथा दाँतमा जम्मा भएको फोहोरका कारण र दोस्रो कारण चाँहि पेटमा भएको समस्याका कारण ।

पाचन प्रक्रिया ठीक छैन भने भित्रैबाट आउने सास दुर्गन्धित हुन्छ । चिकित्सकहरुका अनुसार यो समस्याको ९० प्रतिशत कारण मुखमा भएका किटाणुहरुको बृद्धिले हुने बताउछन भने १० प्रतिशत मात्रै शरीरका भित्री भागमा भएका अंगहरुको समस्याले हुने गर्छ ।

धुमपान तथा तमाखु, गुड्कालगायतका सूर्तिजन्य पदार्थको सेवन, मदिरा पान गर्ने, मधुमेह, कब्जियत, पेठको अल्सर, अपच, टिबी, निमोनिया, पिनास जस्ता समस्याले ग्रस्त रहेका व्यक्तिहरुको पनि सास गन्हाउने गर्छ ।

मुख गन्हाउने समस्या देखा परेमा दिनहुँ दाँत माझ्ने, नियमित कुल्ला गरिरहने, शुद्ध हलुका र पच्ने भोजन गर्ने, जिब्रोको फोहर सफा गर्ने गरेमा पनि दुर्गन्ध अलि कम हुन्छ । यसैगरी हामीले हाम्रो कीरा लागेको र प्वाल भएको दाँतको उपचार गर्ने, प्रशस्त मात्रमा पानी पिउने र कब्जियत लगायतको समस्याबाट मुक्त हुने गर्नु पर्छ ।

Loading...