fbpx

‘द भ्वाइस अफ नेपाल सिजन २’ मा दुई कोच फेरिँदै

अत्यधिक चर्चा कमाउन सफल भएको सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’को दोस्रो सिजन असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ यहि असारको दोस्रो हप्ताबाट प्रशारणमा आउने पक्का भएको छ ।

पहिलो सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने भएका छन् । यी चार कोच मध्ये दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिन सक्ने स्रोतको भनाइ रहेको छ ।

अभया सुब्बा गत वर्षको ग्राण्ड फिनालेमा सहभागी नभएका कारणले उनी सिजन–२ का लागि नदोहोरिने बताईएको छ । तर, सनुप दोहोरिने वा नदोहोरिने कुराको फाइनल चाही भइसकेको छैन । र नयाँ कोचहरु को रहने बारे नि खुलासा गरेको छैन ।

यस दोस्रो सिजनको डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । डिजिटल अडिशनमा दुई हजार २ सय प्रतिस्पर्धी सहभागी भएका थिए । पहिलो सिजनमा भने १२ हजार प्रतिस्पर्धी सहभागी भएका थिए ।

ब्लाइन्ड अडिशनको सुटिङ अर्को हप्ताबाट धुम्बाराहीमा रहेको स्टुडियोमा हुने भएको छ । पहिलो सिजनमा खासै यो कार्यक्रम राम्रो नभएको भन्ने विभिन्न गुनासो आएकाले यसपटक नयाँ फर्म्याटमा कार्यक्रम संचालन हुने भएको छ । स्टुडियो निर्माणका लागि दुई करोड रुपैयाँ लागेको छ ।

Loading...