fbpx

बेयरस्ट्रोको शतकमा इंग्ल्याण्डको जित, पाकिस्तान पराजित

विराटनगर,
तेस्रो एकदिवसीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई हराएको छ । मंगलबार भएको उक्त खेलमा इंग्ल्याण्डले पाकिस्तानविरुद्ध ६ विकेटले जित निकालेको हो ।

विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ । जोनी बेयरस्ट्रोको शतकको मद्दतले उसले पाकिस्तानमाथि जित निकालेको हो । बेयरस्ट्रोले व्यक्तिगत १ सय २८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृङ्खलामा इङल्यान्ड २–० ले अघि छ ।

इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए ।
पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले व्यक्तिगत १५१ रनको योगदान गरेका थिए ।

Koshi Online

FREE
VIEW