fbpx

दिल्लीमा एक नेपाली महिलामाथि सामूहिक बलात्कार, चार जना पुरुषविरुद्ध मुद्दा दर्ता

काठमाडौं,
भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । नेपालकी एक २४ वर्षीया महिला ४ जनाको पुरुषको समूहबाट बलात्कारको शिकार भएकी हुन् ।

आफ्नो भाइलाई भेटन् काठमाडौँबाट मुम्बई जाने क्रममा ती महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । गत शनिबार नै दिल्ली पुगेकी उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन् । तर, उनको मुम्बई जाने रेल छुटेको थियो ।

पीडित महिलाले दिएको बयानका अनुसार रेल छुटेपछि उनी दिल्लीको द्वारका नजिकको एक बजारमा बसेकी थिइन् । त्यहाँ एकजना पुरुषसँग उनको भेट भयो र ती पुरुषले महिलालाई सहयोग गर्छु भन्दै एउटा घरमा लगेका थिए । जहाँ, ती पुरुषले आफ्ना तीन जना साथीलाई बोलाए । र, बलात्कार गरे ।

चार पुरुषबाट बलात्कारको शिकार भइसकेपछि ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरूको नाम र फोन नम्बर दिल्ली प्रहरीलाई टिपाएकी थिइन् । ती महिलाले आफूलाई बलात्कार गर्ने चार जनामध्ये एक जनाको फोन नम्बर प्रहरीलाई दिएकी थिइन् । त्यसपछि प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ ।

Koshi Online

FREE
VIEW