fbpx

मोरङका पत्रकारहरू कालोपट्टि बाँधेर रिपोर्टिङमा

विराटनगर,
सरकारले संसदमा दर्ता गराएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गर्दै मोरङमा पत्रकारहरू कालोपट्टि बाँधेर कार्यस्थलमा खटिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार मोरङ शाखामा आवद्ध पत्रकारहरू बुधबार बिहानैदेखि हातमा कालो पट्टि बाँधेर कार्यस्थलमा खटिएका हुन् । सरकारले संसदमा दर्ता गराएको प्रेस स्तन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक संसोधन नभएसम्म संघर्षका कार्यक्रमहरू जारी रहने पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले बताए ।

समाचार लेखकै कारण मानहानी वा बेईज्ज्त भएको लागेमा १५ लाखसम्म पत्रकारलाई जरिवाना गराउने गरि संघीय संसदमा सरकारले मिडिया काउन्सिल विधेयक दर्ता गराएको छ । उक्त विधेयकको नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघसंस्था, मानव अधिकार आयोग, नागरिक समाजलगायत विरोध गर्दै संसोधन हुनुपर्ने माग गर्दै आएका छन् ।

Koshi Online

FREE
VIEW