fbpx

घट्यो सुनको भाउ, चाँदीको भाउ भने यथावत

काठमाडौं,
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको भाउमा गिरावट आएको हो ।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेको हो । मंगलबार ६१ हजारमा कारोबार भइरहेको छापावाल सुन आज ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी भने मंगलबारझैं तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

Loading...