fbpx

दैनिक १० मिनेटको हल्का व्यायाम गर्दा हुन्छन् यस्ता फाइदाहरू

शरीरलाई तन्दुरुस्त, स्वस्थ, फुर्तिलो तथा बलियो पार्न गरिने विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरुलाई व्यायाम भनिन्छ । व्यायाम नियमित रूपमा गर्नाले विभिन्न खाले रोगहरूबाट टाढा रहन सकिन्छ ।

हामीले नियमित रुपमा व्यायाम गरेमा हाम्रो रक्तचाप सन्तुलनमा ल्याएर मधुमेह, कोलेस्ट्रोल घटाउछ र हाम्रो मुटुलाई स्वस्थ राख्छ । यसले हामीलाई चिन्ताबाट मुक्त गरेर अनिन्द्राको समस्यालाई हटाऊछ । नियमित सहि तरिकाले व्यायाम गरेमा हाम्रो हड्डी र मांसपेशी मजबुत भएर विभिन्न क्यान्सरबाट हामीलाई जोगाउने गर्छ । यसबाट हाम्रो शरीरको तौल नियन्त्रण हुनुका साथै हाम्रो स्मरण शक्ति पनि बढ्ने गर्छ ।

यसै गरि एक अध्ययनका अनुसार दैनिक १० मिनेटको हल्का व्यायामले हाम्रो शरीरका साथ साथै हाम्रो मष्तिष्कलाई तन्दुरुस्त बनाउने पत्ता लागेको छ । हामीले दैनिक गर्ने हल्का व्यायामले एकाग्र र राम्रो सिकाइको लागि मद्दत गर्ने देखाईएको छ । एउटै सजिलो व्यायामले पनि हाम्रो मष्तिष्कलाई परिवर्तन गर्न सक्छ ।

व्यायाम गरेका व्यक्तिहरुको स्मृति राम्रो हुने अनुसन्धानले पुस्टि गरेको पाइन्छ । दैनिक १० मिनेटका लागि कुनै सजिलो व्यायाम गर्दा यसले हाम्रो मष्तिष्कको विभिन्न भागमा रगतको सञ्चार गराई समन्वय गरेर हाम्रो स्मरण शक्तिमा सुधार गर्ने गर्छ । व्यायामले मात्रै स्वास्थ्यलाई राम्रो गर्छ भन्ने होइन ।

मुटुका रोगीलाई हल्का व्यायाम नै उपयुक्त हुने अध्ययनकर्ताले पत्ता लाएका छन् । व्यायामले शरीरमा रहेको दुखाइ कम गर्ने प्राकृतिक तत्वहरूको उत्पादन बढाउन पनि मद्दत गर्छ । यसले हाम्रो शरीरको बजन नियन्त्रण गरेर गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रूपमा न्यून गर्न मद्दत गर्छ ।

व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ । व्यायामका कारण शरीरको कोषिकालाई पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ । व्यायामले मस्तिष्क र शरीरबीच उचित तालमेल बनाएर ब्यालेन्स कायम राख्न मद्दत गर्छ ।

प्रतिक्रिया

5 × three =

Loading...