fbpx

फ्रेन्डसलाई हराउदै एपिएफ विजयी

धनकुटा ।
धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा एपीएफ क्लब काठमाण्डौ विजयी भएको छ ।

मंगलबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा एपीएफले ३–० को अन्तरमा फ्रेन्डस् क्लब ललितपुरलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । खेलमा म्यान अफ द म्याच घोषित भएका एपिएफका रवि थिङले २ गोल गरे ।

एपीएफका १५ नम्बर खेलाडी कमल दोङले अर्को गोल गर्दै टीमको जित सुनिश्चित गरे । बुधबारको पहिलो सेमिफाइनल खेल वसन्ध्यावासिनी फुटबल क्लब मोरङ र दाउफिन्स फुटबल क्लब क्यामरुनबीच हुनेछ ।

प्रतियोगिताका विजेताले चार लाख रुपैयाँसहित मेडल र उपविजेताले दुई लाख नगद प्राप्त गर्नेछन् ।

Loading...