fbpx

चट्याङ लागेर एक महिलाको मृत्यु

विराटनगर ।

मंगलबार विहान हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका ४ की एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो ।

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ ।

प्रतिक्रिया

Loading...