fbpx

५ हजार यूवालाई १० लाख सम्म अनुदान दिइने

काठमाण्डौँ ।

सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने तयारी गर्दै यूवाहरुलाई १० लाख रुपैयाँसम्म अनुदान दिने विशेष कार्यक्रम प्रस्ताब गरेको छ । युवालाई विदेश पलायन हुन नदिन कृषि मन्त्रालयले युवा विशेष कार्यक्रमु प्रस्ताव गरेको हो । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले कार्यक्रम अन्तर्गत कृषि उद्यमी गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइने बताए ।

कार्यक्रमको मुख्य उद्देश्य रोजगारी सृजना गर्नु भएको भन्दै प्रवक्ता सुवेदीले साना किसान साना व्यवसायी तथा आफ्नो व्यवसाय विस्तार गर्न चाहनेलाई १० लाख अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव गरेको बताए ।

अनुदान रकम गाउँपालिकाको सिफारिसमा बैंकबाट भुक्तानी गरिने छ । कार्यक्रममा भाग लिइ व्यवसाय गर्न चाहनेले ५० ५० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । व्यवसायीले आफ्नो पैसाले केही काम गरेको पुष्टि भए मात्रै अनुदान दिइने उल्लेख छ ।

अनुदानको लागि गाउँ नगरपालिकाको सिफारिस अनिवार्य गरिने मन्त्रालयले जनाएको छ । पञ्चवर्षे योजना रहेको यो कार्यक्रममा ५ वर्षमा ५ हजारलाई रोजगारी बनाउने योजना रहेको छ ।

सरकारले यसअघि २०७३ सालमा पनि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम सुरु गरेको थियो । विदेश जान रोक्ने, व्यवसायीक प्रयोजनका लागि १४ हजार ६ सय ३९ जनाले २५ अर्ब १८ करोड ३१ लाख बराबरको ऋण लिएको राष्ट्र बैङ्कको तथ्याङमा छ ।

यो ऋण अन्तर्गत सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ । बैंकले भने १० प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।

Koshi Online

FREE
VIEW