fbpx

चीनसंगको व्यापार तनाबले असर पर्याे अमेरीकी सेयर बजारमा

काठमाण्डौँ ।

चीन र अमेरिकाबीच व्यापारिक तनावको असर सोझै अमेरीकी सेयर बजारमा देखिएको छ । दुई देशबीचको व्यापारीक तनाब झनै चर्किने सङ्केत देखिएपछि सेयर बजारमा यसको असर देखिएको हो ।

चीनले साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने घोषणा गरेसंगै अमेरिकाका शेयर बजारमा त्यस

को असर देखा पर्न थालेको विश्लेषकहरुको भनाई छ ।  चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ ।

अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ । गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो।

त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ । त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।

कर नबढाउन अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको छ । उसले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ ।

चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिन्पिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन् ।

अर्को महिना जापानमा हुने जी २० समूहको बैठकमा यी दुई नेताको भेट हुने छ । त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेको छ ।

बेइजिङले अमेरिकी कदमको प्रतिक्रियास्वरूप त्यस्तै निर्णय गर्न आफू बाध्य भएको बताएको छ ।

बिबिसीको सहयोगमा

Koshi Online

FREE
VIEW