fbpx

आखिर के कारणले निदाउँछ त हाम्रो खुट्टा ?

एकै ठाँउमा खुट्टा खुम्च्याएर तथा नचलिकन बस्दा प्रायः हाम्रो खुट्टा निदाउने गरेको पाइन्छ । हामीले पक्कैपनि कुनै न कुनै बेला खुट्टा झमझम् गर्ने अथवा निदाउँने अवस्थाको महसुस गरेका छौँ । खुट्टा निदाउँदा एकछिन त उभिन र हिँड्न नसकेर निकै पीडा हुन्छ ।

खुट्टामा दबाब पर्न जाँदा हाम्रो खुट्टा भारी भएर स्पर्स अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा कमजोरी भएर अथवा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण हाम्रो खुट्टा निदाउछ भनेर हामी सोच्छौं तर, यसो नभई हाम्रो खुट्टा रगतका नसाको कारण निदाउँने गर्छ ।

हाम्रो शरीरमा भएको नसाले दिमाग र शरीरका विभिन्न अंगबीच सन्देश लाने लैजाने काम गर्छन् । यदि लामो समयसम्म खुट्टाको सहायताले हामी बस्ने गर्छौं भने त्यहाँको भागको नसामा दबाब पर्छ र रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । यस कारणले त्यस भागमा प्रशस्त रगत र अक्सिजन प्रर्याप्त मात्रामा पुग्न पाउँदैन ।

यसले गर्दा खुट्टाका नसाहरु केही समयको लागि निस्क्रिय हुन्छन् जसले गर्दा खुट्टा झम झम गर्ने स्पर्स अनुभव गर्न नसकिने र भारी भएको महसुस हुने गर्छ । लामो समयसम्म शरीरका कुनै पनि अंगमा दबाब पर्दा त्यो अंग निदाउँने गर्छ ।

यसरी बेलाबेला हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर, केही समयमा लागि अनौठो महसुस हुन्छ र हाम्रो मनमा अनेकौँ कुराहरु खेल्ने गर्छ । हामीले खुट्टामा दबाब पर्दा खुट्टा चलाएर अथवा मालिस गरेर रक्तसञ्चारलाई नियमित पर्दा हाम्रो खुट्टा निदाउने समस्या हट्ने गर्दछ ।

Koshi Online

FREE
VIEW