fbpx

‘लभ डायरिज’को प्रदर्शन मितिसँगै पोस्टर सार्वजनिक

काठमाडौं,
फिल्म ‘लभ डायरिज’ को प्रदर्शन मितिसँगै फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दुई पोस्टरमा अभिनेता शुशील श्रेष्ठसँग नवनायिका रुविना थापालाई देखाइएको छ ।

यस अघि ‘होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’मा अभिनय गरिसकेका सुशील यस फिल्ममा नयाँ अवतारमा देखिँदै छन् । उनले यस फिल्ममा दाह्री र कपाल पालेका छन् । सौरभ चौधरीको निर्देशनमा तयार गरिएको यस चलचित्रमा शुशील र रुविनाका अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

युवा–युवती बीचको माया–प्रेम र कमेडीमा आधारित भएको यस फिल्ममा सुशीलले एक विदेशमा बसेर मोजमस्ति मात्र गर्ने केटाको भूमिका निर्वाह गरेका छन् । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको यस फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सहनिर्माण रहेको छ ।

सञ्जय लामाले छायांकन गरेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्म मनोरञ्जनात्मक मात्र नभएर एकदम सन्देशमुलक पनि रहेको निर्देशक चौधरीले बताएका छन् ।

प्रतिक्रिया

Loading...