fbpx

नेपालबारे ट्वीट गर्दै यसो भन्छन् आर्सनलका स्टार ओजिल

एजेन्सी,
इंग्लिस क्लब आर्सनलका स्टार खेलाडी मेसुट ओजिलले नेपाली आर्सनलका फ्यानसँग खुशी व्यक्त गरेका छन् । जर्मनीका विश्वकप विजेता खेलाडी ओजिलले सोमबार आफ्नो ट्वीटमार्फत् नेपाली फ्यानका बारेमा ट्वीट गर्दै खुशी व्यक्त गरेका हुन् ।

‘आर्सनल फ्यान क्लब’ नेपालले ओजिलले हस्ताक्षर गरेको उनको जर्सी सगरमाथाको बेस क्याम्पसम्म पुर्याएका थिए । ओजिलले केही समयअगाडि नेपालमा आर्सनल फ्यान क्लबलाई आफूले हस्ताक्षर गरेको जर्सी पठाएका थिए ।

सोही १० नम्बरको जर्सी नेपालका निरोज खतिवडा नाम गरेका एक समर्थकले सगरमाथाको बेस क्याम्पसम्म पुर्याएका थिए । जसका कारण ओजिलले खुशी हुँदै लेखेका छन्, ‘हेर्नुस् त मैले हस्ताक्षर गरेर नेपालका आर्सनल फ्यान क्लबलाई पठाएको जर्सी एक जनाले ५ हजार ३ सय ६४ मिटर माथिसम्म सगरमाथा बेस क्याम्पमा पुर्याएछन् ।’

उनले यस्तो लेख्दै आफ्नो जर्सीसहितको निरोजको फोटो र जर्सीसँग खिचिएको सामूहिक तस्बीर गरी दुईवटा फोटो आफ्नो ट्वीटरमा सार्वजनिक गरेका छन् ।

Koshi Online

FREE
VIEW