fbpx

‘सत्ते पे सत्ता’ को रिमेक बन्ने, शाहरुखसँग कट्रिनाको जोडी दोहोरिँदै

१९८२ मा रिलिज भएको अमिताभ बच्चनको सुपरहिट फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने भएको छ । ‘सत्ते पे सत्ता’ मा अमिताभको अपोजिटमा अभिनेत्री हेमा मालिनी थिइन् । एक्सन र भरपुर कमेडीले भरिएको ‘सत्ते पे सत्ता’ फिल्मको रिमेकमा शाहरुख खान अनुबन्धित भएको खबर बाहिरिएको छ ।

उनको अपोजिटमा फेरि एकपटक कट्रिना कैफ देखिन सक्ने भएकी छन् । यसबारे निकै चर्चा चलिआए पनि यस विषयमा भने निर्माण टिमबाट औपचारिक जानकारी भने प्राप्त भएको छैन । यस फिल्मलाई फराह खान र रोहित शेत्टीले सुरुवात गरिसकेका छन् भने फिल्मको बाँकी कलाकारहरु पनि लगभग फाइनल गरेका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जीरो’ बक्स अफिसमा पत्तासाफ भएपछि अभिनेता शाहरुख खानले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । यदि यो खबर सत्य हो भने शाहरुखसँग कट्रिनाको यो तेस्रो फिल्म हुनेछ । यसअघि यी दुईले ‘जीरो’ र ‘जब तक हे जान’ मा काम गरिसकेका छन् ।

Koshi Online

FREE
VIEW