fbpx

नव–नायिकाका साथ चलचित्र ‘१२ सत्ताइस’ निर्माण घोषणा

विराटनगर
चलचित्र ‘१२ सत्ताइस’ निर्माण हुने औपचारिक घोषणा भएको छ । असोजमा प्रर्दशन गर्नका लागि तयार हुँदै यस फिल्मको छायांकन सुरु भइसकेको छ । यसै चलचित्रमार्फत नव–नायिका अस्मिता लामीछानेले नेपाली सिने क्षेत्रमा डेब्यु गर्दैछिन् ।

डेब्यु निर्देशक जौन योन्जनको निर्देशन तथा लेखनमा निर्माण हुन लागेको चलचित्रमा अस्मिताका साथ नायक समीर श्रेष्ठ, अविशेक नेपाल, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी र अस्मिता खनालको मुख्य भुमिका रहने भएको छ ।

कमेरो स्क्रिन र ह्याप्पी प्लानेट फिल्मस् को ब्यानरमा रहेर रेनु राणा, दीपक खतिवडा र रुपक थापाको संयुक्त लगानी रहेको छ । अनिश श्यांगदेनले छायांकन गरेको यस चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गर्ने भएका छन् ।

चलचित्रमा गीतकार प्रकाश मल्लको शब्दमा संगीतकार दीपक आर.जे.ले संगीत भरेका छन् ।

Loading...