fbpx

पहिलोपटक एएफसी कपको एक खेलका सबै निर्णायकहरू महिला हुने

क्वालालम्पुर,
एसियाली फुटबल महासंघले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ । जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वर्ल्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ ।

थुवुन्ना रङ्गशालामा मंगलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नेछन् । एएफसीले एसियाली फुटबल महासंघको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहेको जनाएको छ ।

एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो । सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो ।

सन् २०१६ मा निर्णायकको दर्जा पाएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै भनिन्, ‘मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ ।’

Koshi Online

FREE
VIEW