fbpx

श्रद्धा र राजकुमारलाई नै लिएर ‘स्त्री’को सिक्वेल बनाइने

विराटनगर,
चलचित्र ‘स्त्री’को सिक्वेल बन्ने औपचारिक घोषणा भएको छ । गत वर्ष रिलिज भएको बलिउड चलचित्र ‘स्त्री’ले बक्स अफिसमा निकै राम्रो व्यापार गर्न सफल भएको थियो । सानो बजेटमा निर्माण भएको यस चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको थियो ।

केही समयदेखिनै उक्त चलचित्रको सिक्वेल बन्ने विषयमा विभिन्न चर्चाहरु भइरहेको थियो । फिल्मको सिक्वल निर्माण हुने चर्चा चलेपनि यस फिल्मको औपचारिक घोषणा भने भएको थिएन । ‘स्त्री’ चलचित्रको इन्डिंग अधुरो भएको हुनाले निर्माण टिमले यस फिल्मको सिक्वल बनाउने भएका छन् ।

अब भने निर्माण टिमले चलचित्रको स्क्रिप्टमा धमाधम काम गरिरहेका छन् । चलचित्रको सिक्वेलमा पनि ‘स्त्री’ चलचित्र जोडी राजकुमार राव र श्रद्धा कपुर नै मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । अमर कोशिककै निर्देशनमा रहेर दिनेश विजन र राज एण्ड डिकेले यस फिल्मको निर्माण गर्न लागेका हुन् ।

उक्त चलचित्रको छायांकन सुरु हुन भने केही समय लाग्न सक्ने निर्माण टिमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Loading...