fbpx

रोनाल्डोले रोमाका कप्तानलाई ‘होचो’ भन्दै जिस्क्याएपछि…. (भिडियोसहित)

एजेन्सी,
पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले प्रतिद्वन्द्वी क्लब रोमाका कप्तानलाई ‘होचो’ भन्दै जिस्क्याएको भिडियो भाइरल बनेको छ । इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलअन्तर्गको खेलमा रोमाका कप्तान एलेस्सान्ड्रो फ्लोरेन्जीलाई रोनाल्डोले ‘होचो’ भन्दै जिस्क्याएका थिए ।

इटालियन लिग सिरी ‘ए’को च्याम्पियन टोली युभेन्टस गत आइतबार भएको खेलमा रोमासँग स्तब्ध भएको थियो । आफ्नो ३६औं खेल खेलेको युभेन्टस रोमासँग २–० गोल अन्तरले पराजित भयो । रोमाको घरेलु मैदानमा भएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा कप्तान एलेस्सान्ड्रो फ्लोरेन्जी र इडिन डिजेको समान एक–एक गोल गर्दै टोलीलाई जिताएका थिए ।

सो खेलमा रोनाल्डो र रोमाका कप्तान फ्लोरेन्जीबीच विवाद उत्पन्न भएको थियो । खलको ५८औं मिनेटमा रोमाका खेलाडी इडेन जेकोलाई घाइते भएका कारण उपचार गरिएको बेलामा दुवैबीच विवाद सुरु भएको थियो ।

त्यस क्रममा रोनाल्डोले फ्लोरेन्जीलाई होचो भन्दै जिस्क्याएका थिए । उनले कप्तान फ्लोरेन्जस्लाई धेरै नबोल्न भन्दै होचो भएको संकेत दिएका थिए । त्यसपछि अवस्था थप जटिल बनेको थियो । र, परिस्थितीलाई नियन्त्रण गर्न आक्रोशित फ्लोरेन्जीलाई उनका खेलाडी साथीले पछाडि तानेका थिए ।

यद्यपि, खेल सकिएपछि रोनाल्डोले उनीसँग माफी मागेका थिए । पछि दुवैले एक–अर्कासँग हात मिलाउँदै अंकमाल गरे ।

युभेन्टसले यसअघि नै जारी सिजनको उपाधि आफ्नो बनाइसकेको छ । उसले ३३औं साताको खेलमा फियोरेन्टिनालाई हराउँदै उपाधि जितिसकेको छ । उससँग ३६ खेलबाट ८९ अंक छ । युभेन्टस दोस्रो स्थानको नापोलीभन्दा १३ अंकले अगाडि छ । समान खेल खेलेको नापोलीसँग ७६ अंक छ ।

Loading...