fbpx

‘कबड्डी ३’मा दयाहाङ, विजय र बुद्धिसँगै कर्माको पनि इन्ट्री

काठमाडौं
रामबाबु गुरुङको निर्देशनमा रहेर ‘कबड्डी ३’ बन्ने खबरले निकै चर्चा पाएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । ‘कबड्डी’ को तेस्रो सिरिजका लागि मुख्य कलाकारहरु फाइनल भइसकेका छन् ।

चलचित्र ‘कबड्डी’ र ’कबड्डी कबड्डी’ले बक्स अफिसमा राम्रो आम्दानी गरेपछि अब ‘कबड्डी ३’को छायांकन सुरु गरिने भएको हो । जेठ ५ गतेबाट छायांकन सुरु हुँने भएको यस फिल्ममा कलाकार दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ र नायिका उपासना सिंह ठकुरी पहिला नै फाइनल भइसकेका थिए ।

यी कलाकारहरुसँग नायक प्रदीप खड्काको मुख्य भूमिका रहने चर्चा चलेको थियो । तर, ‘प्रेमगीत ३’मा व्यस्त हुने भएका कारण प्रदीपले यस फिल्ममा समय दिन नसक्ने भएका हुन् । प्रदीपले फिल्म गर्न नभ्याएपछि निर्देशक निश्चल बस्नेतसँग कुरा अगाडि बढाएकोे चर्चा थियो ।

रामबाबु गुरुङले निर्देशन गर्ने यस चलचित्रमा अब कर्माको इन्ट्री भएको छ । फिल्ममा दयाहाङ, बुद्धि तामाङ, कर्मा र उपासनाका अलावा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, कमलमणी नेपाल, अरुणा कार्की लगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुने यो चलचित्र यस वर्षको तीज वा दशैंको बीचमा प्रदर्शनमा आउन सक्ने निर्माण टिमले जनाएको छ । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रलाई निमेश श्रेष्ठले फिल्म सम्पादन गर्ने भएका छन् ।

Koshi Online

FREE
VIEW