fbpx

‘रोनाल्डोलाई बल दिनका लागि युभेन्टसलाई इस्को चाहिन्छ’

एजेन्सी,
इटालियन सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसका पूर्वखेलाडी आन्द्रे पिर्लोले स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर इस्कोको जरुरत युभेन्टसमा रहेको बताएका छन् । इटालीका पूर्व मिडफिल्डर पिर्लोले स्काई इटालियासँगको कुराकानीमा यस्तो बताएका हुन् ।

सन् २०११ देखि १५ सम्म युभेन्टसमा रहेर खेलेका पिर्लोले यसै समर ट्रान्सफर विन्डोमा इस्कोलाई युभेन्टसमा ल्याउन सुझाव दिएका छन् । पिर्लोले भने आगामी सिजनको च्याम्पियन्स लिगका लागि पनि इस्कोको जरुरत रहेको बताएका छन् ।

उनले युभेन्टसका लागि इस्कोको आवश्यकता रहेको बताउँदै भनेका छन्, ‘युभेन्टसको टिम बलियो बनाउनका लागि रियलका इस्कोको आवश्यकता छ । र मेरो विचारमा हामीले च्याम्पियन्स लिग जित्नकै लागि भएपनि उनलाई क्लबमा अनुबन्ध गर्नु पर्छ ।’

उनले थपे, ‘च्याम्पियन्स लिग जित्न युभेन्टसको मिडफिल्डमा इस्कोको रचनात्मक प्रदर्शन आवश्यकता छ । सायद रोनाल्डोलाई मिडमा कसरी बल दिने भन्ने कुरामा युभेन्टसको कमी छ । च्याम्पियन्स लिगसम्म पुग्नका लागि बलियो मिडफिल्डरको आवश्यकता हुन्छ ।’

युभेन्टसले सिरी ‘ए’को उपाधि केही खेलअघि नै जितिसकेको छ । तर, ऊ क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । डच क्लब आयाक्ससँग पराजित हुँदै उसले यस सिजनको च्याम्पियन्स लिगबाट बिदा लिनुपरेको थियो ।

Koshi Online

FREE
VIEW