fbpx

प्रभासलाई ‘साहो’मा हिन्दी बोल्न गाह्रो : लिँदैछन् हिन्दी क्लास

विराटनगर,
चलचित्र ’बाहुबली’बाट एकाएक नाम कमाएका अभिनेता प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’ को तयारीमा ब्यस्त रहेका छन् । करिव ३०० करोड भारूको लगानीमा निर्माण हुने भएको यस सिनेमालाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ ।

भारतीय मिडियाका खबरअनुसार, प्रभासलाई तमिल तथा तेलेगु भाषा बोल्न गाह्रो नभए पनि उनलाई भने हिन्दी भाषाका बोल्नका लागि भने समस्या भएको छ । उनलाई हिन्दी पढ्न र लेख्न आएपनि उनलाई राम्रो तरिकासँग हिन्दी बोल्न नआउने बताएका छन् ।

उनको घरमा कसैले हिन्दी भाषा न बोल्छन न बुझ्छन । उनी भन्छन्, ’मैले ‘साहो’ का लागि एक महिनाको हिन्दी क्लास जोइन गरेको छु । तर, पनि उनलाई हिन्दी बोल्न निकै मुश्किल पनि भइरहेको छ । हिन्दी शिक्षकले उनलाई उक्त फिल्मको डाइलगहरु सिकाएका छन् ।

उक्त फिल्ममा उनले बलिउड अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेका छन् । १५ अगस्टमा रिलिज मिति तय गरिएको यस फिल्ममा प्रभास र श्रद्धासँग मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजयलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया

Loading...