fbpx

तौल नियन्त्रणका लागि स्याउ गुणकारी, यस्ता छन् स्याउका अन्य फाइदाहरू

दिनको एउटा स्याउ खाऔँ डाक्टरका नजाऔ भन्ने पुरानो भनाइ नै रहेको छ । स्याउमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड तथा फाइटोन्युट्रिएन्टले हामीलाई निकै फाइदा गर्छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर फलफूल हो ।

स्याउमा धेरै मात्रामा पानी र फाइबर हुन्छ जसकारण यसले हाम्रो आन्द्राको चिल्लो पदार्थसँग बाधेर शरीरमा कोलेस्टेटोलको मात्रा कम गराउँछ र रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ । स्याउ चपाउँदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाएर दाँतलाई सेतो र स्वास्थ्य राख्छ ।

स्याउ खाँदा त्यसमा भएको फाइबरले कब्जियत निको पार्नुका साथै झाडापखाला पनि नियन्त्रणमा राखी हाम्रो पित्तथैलीको पत्थरी पनि हुन दिँदैन । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले हामीलाई मधुमेह तथा मुटुरोगबाट जोगाएर हाम्रो शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग पनि लड्न र कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।

स्याउको रसले हाम्रो स्मरण शक्तिलाई राम्रो बनाएर मानसिक रोग हटाउँछ । स्याउले हाडलाई बलियो बनाएर हामीलाई दम हुनबाट पनि बचाउँछ ।

Loading...