fbpx

इटहरीमा ३ तला माथिबाट खसेर एक किशोरीको मृत्यु

इटहरी,
सुनसरीको इटहरीमा ३ तला माथिबाट खसेर एक किशोरीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ संगित चोकमा आइतबार घरको ३ तला माथिबाट खसेर पूजा शर्माको मृत्यु भएको हो ।

आइतबार राति ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने बाबुलाल शर्माको छोरी १७ वर्षीया पूजा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

2 + eleven =

Loading...