fbpx

आँधी पिडितकालागि प्रदेश १ को सहयोग हस्तान्तरण

विराटनगर ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका १ करोड रुपैयाँ प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । सोमबार राईले राउतलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री राई आफैं सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम पुगेर प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै आँधीले प्रदेश २ को परेको विपतमा सबै एकजुट रहेको सन्देश दिन सहयोग गरेको बताए ।
चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार व्यक्त गर्दै मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको बताए ।

बारा पर्सामा चैत्र १८ गते आएको आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको क्षति भएको थियो । आँधीबेहरी पछि प्रदेश नम्बर १ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

Koshi Online

FREE
VIEW