fbpx

मोरङका २ हजार बढिले रोजगारी पाउदै ( कुन स्थानीय तहमा कति जना सुची सहित )

विराटनगर ।

बेरोजगारको फारम भरेका १ लाख जना भन्दा बढिले यही वर्ष एक महिने रोजगारी पाउने भएका छन् ।  चालु आर्थिक वर्ष २०७५ ०७६ भित्रै देशभरबाट १ लाखभन्दा बढीले रोजगारी पाउने भएका हुन् ।

विभिन्न स्थानीय तहलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र नै जारी गरेको छ ।

सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ लाखलाई रोजगार दिने उल्लेख गरेको थियो । सोही बजेटको कार्यान्वयनका लागि सरकारले चालु आर्थिक वर्षभित्रै १ लाख ६ हजार जनालाई ३० दिन बराबरको रोजगारी दिन लागेको छ ।

मोरङका विभिन्न स्थानीय तहबाट समेत बेरोजगारको फारम भरेका २ हजार ६ सय ११ जनाले रोजगारी पाउने भएका छन् । जसमध्ये विराटनगर महानगरपालिकाबाट सबैभन्दा बढि ४५१ जना र सबै भन्दा कम मिक्लाजुङ गाँउपालिकाबाट ८१ जना रहेका छन् ।

फारम भरेका मध्ये उर्लाबारीबाट १६२ जना, पथरी सनिश्चरेबाट १८१ जना, बेलबारीबाट १९९ जना, रंगेलीबाट १४९ जनाले १ महिने रोजगारी पाउने भएका छन् ।

यसैगरी लेटाङबाट ९५ जना, सुनवर्षीबाट १४४ जना, सुन्दरहैचाबाट २३९ जनाले पनि एक महिने रोजगारी पाउने छन् । गाँउपालिकातर्फ कटहरीबाट १ सय ८ जना, कानेपोखरीबाट ११३ जना, केराबारीबाट ९० जना, ग्रामथानबाट ९९ जना, जहदाबाट १ सय ८ जना रहेका छन् । यस्तै धनपालथान र बुढीगंगाबाट क्रमश १ सय ८ जना र १ सय २२ जना रहेका छन् ।

Loading...