fbpx

गोजी काटेर चोरी गर्ने पक्राउ

सुनसरी ।

सुनसरीको ईटहरी उप महानगरपालिका २० तरहराबाट प्रहरीले १ जना पकेटमारलाई पक्राउ गरेको छ । गोजी काटेर चोरी गरेको आरोपमा ईटहरी १९ का २३ वर्षीय सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी ५ का ५९ वर्षीय हजारमान तामाङको पाईन्टको गोजी काटेर ३० हजार रुपैयाँ चोरेर अटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेटमारेको नगद २८ हजार बरामद गरेको छ । बरामद नगद सहित राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

Loading...