fbpx

एभिन्यूज टिभीको वीरगन्जस्थित ब्यूरो कार्यालयमा तोडफोड

वीरगन्ज,
वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालय तोडफोड भएको छ । टेलिभिजनको सकस राजनीति कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अतिथिको रुपमा बोलाएर अपमान गरेको भन्दै पार्टीका केही कार्यकर्ताले तोडफोड गरेका हुन् ।

सोमबार दिउँसो १ बजेतिर पुगेका करिब ४ जनाको समुहले कार्यालयभित्र प्रवेश गरी तोडफाड गरेका हुन् । तोडफोडबाट कार्यालयको बोर्ड तथा सिसा फुटेको छ । एभिन्यूज टेलिभिजनका प्रदेश नम्बर दुईका संयोजक राजीव श्रेष्ठका अनुसार उपेन्द्र यादवको अन्तर्वार्ता प्रशारण भएको विषयमा आक्रोशित उनका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

एभिन्यूज टेलिभिजनको ‘सकस राजनीति’ कार्यक्रममा सुशील पाण्डेसँग यादवले गरेको कुराकानीको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्याप्त भएको छ ।

प्रतिक्रिया

Loading...