fbpx

पाठेघरसम्बन्धि समस्याका लागि बिरेनुन लाभकारी

बिरेनुन औषधिको रुपमा प्रयोग हुने कुरा हो । अहिले त ग्याष्ट्रिकको समस्याबाट ग्रसित हर–कोहीले बिरेनुनको सेवन गर्दछन् । यो अपचको समस्याको लागि अझ अचूक औषधि मानिन्छ ।

यो घरेलु औषधिको ठाउँ आजभोलि आधुनिक औषधिले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौँ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् । अनुसन्धानले के देखाएको छ भने विभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ ।

विशेषगरी महिलाहरूमा हुने पाठेघरसम्बन्धि समस्याका लागि बिरेनुन अचूक औषधि भएको एक अध्ययनले देखाएको छ । यस्ता समस्याबाट ग्रसितले बिहान तातो पानीमा अलिकति बिरनुन घोलेर खानु उत्तम रहेको बताइएको छ ।

यस्तै यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ । यसले रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ । यस्तै यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिँदैन ।

यसैगरी शरीरमा पानीको मात्राको पुर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन यसले भुमिका खेल्छ । रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिँदैन । यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

यसले छालाको समस्या निदान गर्न, छालाजन्य विभिन्न रोगहरु हुन नदिन, सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक र छाला चिलाएको तथा एलर्जीबाट बचाउँछ । यस्तै जोर्नीजन्य समस्या तथा शरीर सुनिएकोमा तथा हपरेशन पछिका घाउ निकोपार्न पनि यो अचूक औषधि मानिन्छ ।

Loading...