fbpx

प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न : सुजाता कोइराला

विराटनगर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन् ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आवाज बुलन्द गर्ने प्रेसमाथि कुनै पनि किसिमका अंकुश लाउन नहुने बताइन् । जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको कोइरालाको भनाइ थियो ।

उनले संविधान कार्यान्वयनका दिशामा देशअगाडि बढिरहेका बेला सानो सोच र मानसिकताबाट अगाडि बढ्दा प्राप्त उपलब्धि गुम्ने खतरालाई ध्यान दिन पनि सरकार र नेतृत्वलाई आग्रह गरिन् ।

स–साना कुरामा अल्झिएरभन्दा सबै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुन आवश्यक रहेको बताइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने प्रपन्चबाट अगाडि बढे त्यो सफल नहुने जिकिर गरिन् ।

‘कतिपय घटनाले संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ,’ कोइरालाले भनिन्, ‘त्यसो भए त्यो सबैभन्दा दुर्भाग्य हुन्छ ।’ उनले सहमति, सहकार्यको बाटोमा हिँड्न र जनताको भावना अनुरुपका काम गर्न सरकार लाग्नुपर्नेमा जोड दिइन् ।

Koshi Online

FREE
VIEW