fbpx

इलाममा एक किलो गाँजासहित एक वृद्ध पक्राउ

इलाम,
इलाममा १ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । इलामको देउमाई नगरपालिका–१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजासहित आइतवार ६७ वर्षीय आशबहादुर राईलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने राईलाई पक्राउ गरेको हो । प्रहरीले राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गाँजा बरामद गरेको हो । गाँजासहित पक्राउ परेका राईलाई उक्त कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।

Koshi Online

FREE
VIEW