fbpx

मोटाउनुको मुख्य कारण फ्रिजको चिसो पानी

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी सुरु भएसँग हाम्रो शरीरमा अत्यधिक पसिना आउने हुने गर्छ जसको कारणले हाम्रो शरीरमा पानीको मात्रा पनि कम हुने गर्दछ । यस मौसममा शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको पाइन्छ ।

गर्मीमा मानिसहरु विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा मानिसहरूलाई प्रायः फ्रिजको चिसो पानी पिउन मन पर्छ । तर, सधैँ–सधैँ फ्रिजको पानी पिउँदा हाम्रो शरीरलाई हानी र्पुयाउन सक्छ ।

धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर हाम्रो घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको समस्या देखिने गरेको छ । खाना खानेबित्तिकै चिसो पानी पिउँदा हाम्रो पाचनप्रक्रिया ढिलो भएर रक्तसञ्चारमा असर हुने गर्छ ।

हामीले खाएको खाना ठीक तरिकाले नपच्दा हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्दैन जसकारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ । चिसो पानी खाएमा हाम्रो शरीरको सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ । धेरै चिसो पानीले हाम्रो शरीरलाई उत्तेजित गराएर मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउँदछ ।

Koshi Online

FREE
VIEW